सापकोटाले आमाको चौरासी पूजाको खर्च कटौती गरेर चितवन रंगाशालालाई सहयोग
सापकोटाले आमाको चौरासी पूजाको खर्च कटौती गरेर चितवन रंगाशालालाई सहयोग

गैरआवासीय नेपाली संघका केन्द्रिय सल्लाहकार तथा समाजसेवी सोम सापकोटाले आफ्नी आमाको चौरासी पूजाको खर्च कटौती गरेर चितवनमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेका छन् । ८५ वर्षीया आफ्नी आमा तुलसी सापकोटाको चौरासी पुजाको खर्च कटौती गरेर सापकोटाले २ लाख ५५ हजार रकम दान गरे ।

सापकोटाले यस अघि चितवनको मात्र नभएर देशकै गौरबसँग जोडिएको रंगशाला निर्माणमा सबै पक्षबाट आर्थिक सहयोगको अपेक्षा गरेर आफुले चौरासी पूजाको रकम कटौती गरेर रंगशाला निर्माणमा सहयोग गरेको उनले बताए ।

som sapkota

भरतपुर महानगरपालिका-४, धर्मचोकका स्थायी बासिन्दा सापकोटाले रंगशाला निर्माणका लागि सबै क्षेत्रबाट थप सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखि धनधान्याचल महायज्ञ चलिरहेको छ । धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस)ले महायज्ञबाट झण्डै ५० करोड रुपैयाँ आर्थिक सहयोग हुने अपेक्षा गरेको बताएका छन् ।

som sapkota

महायज्ञको प्रमुख कथावाचक पण्डित दिनबन्धु पोखरेल रहेका छन् । आइतबारसम्म झण्डै ३३ करोड रुपैयाँ संकलन भैसकेको छ ।

त्यसैगरी चितवनमै रहेको अर्को चित्रबन स्टेडियमको लागि धेरै आर्थिक सहयोग गरेका छन् । चितवन युवा समाज अन्तराष्ट्रिय सद्भावना दुत समेत रहेका सापकोटाले उक्त स्टेडियमको लागि ११ लाख धेरै आर्थिक सहयोग गरेका छन् ।

सामाजिक कार्यमा खुलेर लाग्ने सापकोटाले देशका थुप्रै बिद्यालयहरुमा शिक्षाका लागि इलाइब्रेरि समेत स्थापना गरेका छन् ।