नेपाली महिला पाइलटको दुबईमा स्वागत
नेपाली महिला पाइलटको दुबईमा स्वागत

दुबई तर्फको उडनमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भरेका छन् । पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले नेपाल एयरलाइन्सको न्यारोबडी ए ३२० जहाज काठमाडौं–दुबई रुटको उडान भरेका हुन् । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको इतिहासमा पहिलो पटक महिला चालक दलको समूहले ककपिट सम्हालेको हो

आइतवार नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले संगै उडान गरेको पाइलट भावना पन्तले जनाएकी छन् । उनीसंगै को – पाईलट शृजना रावत उडानमा रहेकी थिइन् ।

उनले महिलाहरुको सो उडान गर्न पाउदा आफुलाई भाग्यमानी ठानेको बताउँदै हौसला प्रदान गर्ने लाखौं शुभचिन्तकहरुप्रति धन्यवाद दिएकी थिइन् ।

उनीहरुले विमान युएई विमान स्थलमा पुगे पछि गैर आबासीय नेपाली संघ (यूएई) ले उनीहरुलाई भव्य स्वागत गरेको गैर आबासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए । सो सम्मानको लागि गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय संयोजक मनोज गोर्खाली, एनआरएनए युएईका उपाध्यक्ष निरंजन सिलवाल र शोभा शर्मा लगायत कृष्ण गौतम,नवराज श्रेष्ठ, प्रकाश थापा र अशोक के सीको साथमा जनसम्पर्क समितिका सभापति भवानी प्रसाद तिमिल्सेना विमानस्थल पुगेका थिए ।