काठमाडौँ — नेपाल सरकारले बेलायतको वेल्सका लागि सोम सापकोटालाई पर्यटन सद्भाव दूतमा नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सापकोटालाई पर्यटन सद्भाव दूतमा नियुत्त गरेको हो ।
सापकोटा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवक्ता साथै पर्यटन प्रवर्द्धन समितिका संयोजक पनि हुन् ।
‘मैले नेपालको पर्यटन क्षेत्रमा पुर्याएको योगदान गर्दै आएको थिएँ । यसलाई सरकारले कदर गरेको छ । म अझै नेपालको पर्यटन क्षेत्रमा थप योगदान पुर्याउने छु’, उनले भने,‘मलाई सरकारले जुन तहको विश्वास गरेको छ । त्यसमा म आँच आउन दिने छैन ।
source : kantipur Media