‘माल्टा – नेपाल फ्रेण्डसीप सोसाइटी’ गठन, राजदूत सुवेदी संरक्षक
‘माल्टा – नेपाल फ्रेण्डसीप सोसाइटी’ गठन, राजदूत सुवेदी संरक्षक

लन्डन । बेलायत तथा माल्टाका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको विशेष उपस्थितिमा ‘माल्टा नेपाल फ्रेण्डसीप सोसाइटी’ गठन भएको छ ।
लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार, सोसाइटीको संरक्षकमा राजदूत डा. सुवेदी छन् भने अध्यक्षमा भ्यालेट्टास्थित मजाइडा नगरपालिकाकी मेयर श्रीमति मार्गरेट बलडाचिनो र उपाध्यक्षहरुमा डा. भिक्टोर बुजिया, टोमस मिकालुस्कस, साइमन अल्डेन र सोम सापकोटा चुनिएका छन् । त्यसैगरि, महासचिवमा डा. जोसेप क्यालेजा, सचिव एवं प्रवक्तामा मार्को क्रेमोना र कोषाध्यक्षमा डा. भिभियना प्रेमाजी छानिएको जनाइएको छ ।

राजदूत डा. सुवेदीले माल्टाको राजधानी भ्यालेट्टामा शुक्रबार आयोजित एक समारोहबीच सोसाइटी गठनको घोषणा गरेका थिए ।