नेपाली राजदूतावास ,एनआरएनए मलेसिया र मलेसियामा रहेका अन्य संघ/सँस्थाद्वारा बुद्ध जयन्ती र भेशाक दिवस भब्य कार्यक्रमका साथ संपन्न
नेपाली राजदूतावास ,एनआरएनए मलेसिया र मलेसियामा रहेका अन्य संघ/सँस्थाद्वारा बुद्ध जयन्ती र भेशाक दिवस भब्य कार्यक्रमका साथ संपन्न

क्वालालम्पुर, मलेसिया – मलेसियास्थित नेपाली राजदूतावास , गैरआवासीय नेपाली संघ मलेसिया र मलेसियामा रहेका नेपाली सँघ सँस्थाहरुको आयोजनामा  क्वालालम्पुरको कन्दियाह हलमा बुद्ध जयन्ती र भेशाख दिवस २०२३ को उपलक्ष्यमा भव्य समारोहको आयोजना गरेको छ । कार्यक्रममा श्रीलंकाको उच्चायोग र गणतन्त्र मौरिससको उच्चायोगलगायत कूटनीतिक नियोगका ५०० भन्दा बढी नेपाली प्रवासी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

परम्परागत बुद्ध पूजापछि नेपाली सांस्कृतिक नृत्य र परम्परागत नेपाली परिकारको मिठास फैलाएर कार्यक्रमको सुरुवात गरिएको थियो । मलेसियाका लागि नेपाली राजदूत महामहिम डिल्ली पौडेलले अतिथिहरुलाई स्वागत गर्दै बुद्ध धर्ममा नेपालको महत्व र बुद्ध जयन्तीको महत्वका बारेमा अन्तर्दृष्टि आदान प्रदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
गैरआवासीय नेपाली संघका प्रवक्ता तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष सोम सापकोटाले बुद्धका उपदेशको महत्वबारे प्रकाश पार्दै सबैलाई बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आग्रह गरेका थिए । उनले नेपालको आतिथ्य क्षेत्रको विकासका बारेमा पनि चर्चा गर्दै अपिल गरे ।
कार्यक्रममा सहभागीहरुले नेपाली झण्डा बोकेर बुद्धको मुर्ति, नेपाली झण्डा र अन्य धार्मिक कलाकृतिहरु सहितको सुन्दर ढंगले सजिएका ट्रकहरु लिएर मार्च पास समेत गरेका थिए । १२ भन्दा बढी बौद्ध राष्ट्रका कूटनीतिक नियोगका साथै मलेसियाले बुद्ध पूजा मन्त्र बजाउँदै आ–आफ्ना सजाइएका ट्रक र सङ्गीतसहित मार्चपासमा भाग लिएका थिए । उक्त कार्यक्रममा हजारौंको सहभागीता रहेको थियो ।उक्त कार्यक्रमले सन् १९९७ मा सगरमाथाको सफल आरोहण गर्ने दुई मलेसियाली पर्वतारोही एम. मगेन्द्रन र एन मोहनदासको उल्लेखनीय उपलब्धिलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा राजदुत पौडेलले उनीहरुलाई उनीहरुको उपलब्धिको कदरस्वरुप नेपाली परम्परागत खादाले सम्मान गरेका थिए ।
बुद्ध जयन्ती मनाउने अवसरको लागि सहभागीहरूले कृतज्ञता व्यक्त गर्दै कार्यक्रमलाई भव्य सफलताको रूपमा स्वागत गरिएको थियो । गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष विनोद थापाले सहभागी सबैलाई उनीहरूको बहुमूल्य योगदान र सहयोगका लागि धन्यवाद दिँदै नेपाललाई विश्वव्यापी रूपमा प्रवर्दन गर्न निरन्तर लागिरहने आशा वताए । थापाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने मलेसियामा रहेका सबै नेपाली संघ सँस्था र नेपालीहरुलाई धन्यवाद ब्यक्त गरे ।
कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरु मध्ये दातुक सेरि डा. केके चाईले निमन्त्रणाप्रति कृतज्ञता व्यक्त गर्दै बुद्धका शिक्षाको महत्वबारे बताए । उनले २० भन्दा बढी पटक नेपाल र लुम्बिनी भ्रमण गरिसकेको र त्यसलाई निरन्तरता दिने योजना रहेको बताए । कार्यक्रममा नेपाल वायुसेवा निगमकी प्रतिनिधि भावना पन्तको पनि उपस्थितिले कार्यक्रमको गौरव र महत्व थपिएको थियो ।
मलेसियामा बुद्ध जयन्ती र भेशाक दिवस मनाउनु बुद्धका शिक्षाहरूको विश्वव्यापी अपील र सान्दर्भिकताको प्रमाण थियो र यो कार्यक्रमले नेपालको संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने मञ्चको रूपमा काम गर्‍यो । एनआरएनएका आईसीसी सदस्य तथा पर्यटन प्रवद्र्धन समितिका सदस्य नेत्र केसीले कार्यक्रमको सफलता र बुद्धका शिक्षालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने क्षमता र मलेसियामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने क्षमताप्रति आभार व्यक्त गरे । कार्यक्रममा उपस्थित अन्य अतिथीहरुले उक्त कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ब्यक्त गरे ।

               som sapkota som sapkota som sapkota som sapkota som sapkota som sapkota  som sapkota som sapkota som sapkota IMG_2470  som sapkota som sapkota  som sapkota som sapkota som sapkota som sapkota

Source : janasawal