यूरोप (कोपनहेगन) । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् युरोप क्षेत्रीय संयोजक पदमा डेनमार्कबाट सोम सापकोटले उम्मेदवारी घोषणा गरेका छन् ।
हाल युरोप उप-संयोजकको जिम्मेवारी निर्वाह गरिरहेका सापकोटाले संयोजकका उम्मेदवारी घोषणा गरेका हुन् । कोपनहेगन बस्ने सापकोटाले विगत दुई वर्षमा युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदमा राम्रो काम गरेर चर्चा कमाएका छन् ।
प्रवासमा रहेका नेपालीको छाता संगठन गैरआवासीय नेपाली संघको अभियानको शुरुवात देखिनै सापकोटा सक्रिय छन् । युरोप क्षेत्र अन्तर्गतका २७ राष्ट्रिय समन्वय परिषदको राष्ट्रिय महाधिवेशन सम्पन्न गराउन र अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीलाई प्रथामिकता दिएका सापकोटाले ढिलो गरी उम्मेदवारी घोषणा गरेका छन् । उनले यूरोपका विभिन्न देशबाट उम्मेदवारी दिनका लागि सकारात्मक सुझाव आएपछि अगाडि सरेको बताएका छन् ।
उम्मेदवारी घोषणा गर्दै सापकोटाले गैरआवासीय नेपाली संघ एनआरएनएले अवलम्बन गरेका नीति, नियम र योजनालाई निरन्तरता दिदैं विगतका अनुभवको आधारमा लक्ष्य प्राप्तिका लागि भरपुर प्रयत्न गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
Source : onlinekhabar