नेपाल जर्नीले भरतपुर ४ मा नेपालकै नमुना बिद्युतिय पुस्तकालय निमाण गर्दै
नेपाल जर्नीले भरतपुर ४ मा नेपालकै नमुना बिद्युतिय पुस्तकालय निमाण गर्दै

प्रकाश सिग्देल फागुन ९ नेपालका बिभिन्न जिल्लामा पुस्तकालय निमार्ण गरी नेपालको शैक्षिक सुधारका क्षेत्रमा क्रियासिल अमेरिकामा रहेको संस्था नेपाल जर्नीले भरतपुर महानगर ४ लंकु बसपार्कमा नेपालकै नमुना बिद्युतिय पुस्तकालय निमार्ण गर्ने भएको छ । अमेरिका र नेपालमा दर्ता रहेको सो संस्थाले आफनो महत्वकाक्षी परियोजनाका रुपमा महानगरमा नेपालकै नमुना अपागं मैत्रि सुबिधा सम्पन्न प्रबिधि युत्त पुस्तकालय निमार्ण गर्ने जनाएको छ । पुस्तकालय निमार्णका लागी भरतपुर महानगरले २ कठ्ठा १० धुर जग्गा उपलब्ध गराई सकेको छ । त्यो बाहेक पारकिंग र गाडेनको लागी आवस्यक पर्ने जग्गा पनि वडाकार्यालयले उपलब्ध गराएको छ । नेपाल जर्नीका सल्लाहकार तथा एन आर एनएका सहकोषाध्यक्ष सोम सापकोटाले नेपाल जर्नीले यस अघि देशका धेरै जिल्लामा नमुना बिद्युतिय पुस्तकालय निमार्ण गरेको र अव निकै सुबिधा युत्त प्रबिधि मैत्रि नेपालकै नमुना पुस्तकालय बनाउन आफुहरु जुटेको बताउनु भयो । पुस्तकालय निमार्णका लागी उपलब्धद्ध जमिनको निरिक्षण गर्दै उहाले चितवनमा बन्ने पुस्तकालय देशले गैरव गर्न लाएक बन्ने र त्यसका लागी करिव ५ करोड जति खर्च लाग्ने अनुमान आफुहरुको रहेको बताउनु भयो । पुस्तकालय निमार्णका लागी देश बिदेशमा रहेका धेरै नेपालिहरुले सहयोग गर्न आतुर रहेको बताउदै उहाले तत्कालै निमार्ण थालिने जानकारी दिनु भयो । पस्तकालय निमार्णका लागी एक उच्च स्तरीय समिति निमार्ण हुने र त्यसले काम गर्ने उहाको भनाई छ । आवाज, पुस्तकालय निमार्णको प्राबिधिक सम्झौता गर्न अमेरिकाबाट नेपाल जर्नीकी अध्यक्ष मौसमी श्रेष्ठ तत्कालै नेपाल आउने र काम सुरु हुने बताईएको छ । वडा नम्वर ४ ले पुुस्तकालय निमार्णकमा लागी जग्गा उपलब्ध गराएको बताउदै वडा अध्यक्ष ले आफनो वडामा नमुना पुस्तकालय बन्न लागेकोमा खुसि प्रकट गर्नु भयो । पुस्तकालय निमार्णमा आफनो पुरा सहयोग हुने उहाको भनाई छ । आवाज पुस्तकालय बन्ने भएपछि स्थानिय टोलबासिहरुले समेत खुसि प्रकट गरेका छन् । स्थानिय टोल बिकास संस्थाका अध्यक्ष शिब लामिछानेले आफुहरुको पहल र प्रयत्नले पुस्तकालय बन्ने चरणमा रहेकाले खुसि लागेको बताउनु भयो ।