भ्रममा नपर्नुहोस्– केन्द्रले मान्यता दिएको एनआरएन स्विडेनमा यथावत छः एनआरएन युरोप
भ्रममा नपर्नुहोस्– केन्द्रले मान्यता दिएको एनआरएन स्विडेनमा यथावत छः एनआरएन युरोप

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेनले विधिगत रुपमा आफ्नो अधिबेशन पुरा गरेको युरोप उपसंयोजक सोम सापकोटाले बताएका छन् । स्विडेनमा एनआरएनएहरुले सबै खाले सदस्यता सामूहिकरूपमा परित्याग गरेको समाचार बाहिर आएपछि त्यसको खण्डन गर्दै उपसंयोजक सापकोटाले केन्द्रले मान्यता दिदै नयाँ कार्यसमिति गठन गरेको बताएका हुन्।

उपसंयोजक सापकोटाले अनलाईनखबरसँग कुराकानी गर्दै भने,” गैरआबासीय नेपाली संघको अभियानमा व्यक्तिगत असन्तुष्टिका कारण स्विडेनमा बिबाद हुँदै आएको हो। त्यसका बाबजुद छुट्टै समुह बने पनि हामीले विधिगत रुपमा राष्ट्रिय समन्वय परिषदमा ल्याउँने कोशिस गर्यौ तर त्यो समुह निर्बाचन प्रक्रियामा नै आएन।”