नेपालको पर्यटन उद्योगको विकास: सफलताका लागि सहकार्य कार्यक्रम सारांस
नेपालको पर्यटन उद्योगको विकास: सफलताका लागि सहकार्य कार्यक्रम सारांस

गैरआवासीय नेपाली संघ (NRNA), नेपाल पर्यटन बोर्ड (NTB) र युरोप-नेपाल चेम्बर अफ कमर्स फर टुरिज्म (ENCCT) ले संयुक्त रुपमा आयोजना गरेको आजको कार्यक्रमको सारांस घोषणा गर्न पाउँदा हामी खुसी छौं।

यस कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री माननीय सुदन किराँति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब सुरेश अधिकारी, महामहीम पुर्ब राजदुतहरू अन्जन शाक्य, भिम उदास, दिपक धिताल, लक्कि शेर्पा, मधुरमण अचार्य, झबिन्द्र अर्याल, मोहन कृष्ण श्रेष्ठ, युवनाथ लम्साल, मधुबन पैडेल, दुर्गा भट्टराइ र प्रदुम्न बिक्रम शाहका साथै राज ज्ञवाली, रमेश प्रसाद खरेल, बिनायक शाह, दिपेश मान शाक्य, सोम सापकोटाज्युले समिक्षात्मक मन्तब्य राख्नु भएको थियो ।

नेपाल तथा विदेशमा रहेका पर्यटन संघसंस्था र व्यवसायीबीच सहकार्य बढाउँदै नेपालको पर्यटन उद्योगलाई अगाडि बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको क्रममा, निम्न कार्यगत सारांस बनाइएको छ:

• नेपालमा विशेष चासो राख्ने अन्तर्राष्ट्रिय पर्यटन संघ, संस्था तथा व्यवसायहरूको नेटवर्क बनाउने ।
• नेपालका पर्यटन व्यवसायी, आधिकारीक निकाय र विदेशमा बसोबास गर्ने नेपालीहरुको एकीकृत सञ्जाल निर्माण गर्ने ।
• NRN नेटवर्क र विदेशमा रहेका कूटनीतिक नियोगहरूको सहयोगमा माथिका दुई नेटवर्कहरूलाई जोडेर विश्वव्यापी B2B च्यानल सिर्जना गर्ने। जसले गर्दा नेपालको पर्यटन व्यवसायीहरूलाई विदेशमा लक्षित व्यापार नेटवर्कहरू उपलब्ध हुने र WTM, ITB, आदि जस्ता महँगो ट्राभल मेलाहरूमा भाग लिनु नपर्ने।
• नेपालको पर्यटन उद्योगका प्रमुख सरोकारवालाहरू जस्तै पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, ट्राभल एण्ड टुरिजम व्यवसायी, नेपाली दूतावास, पूर्व राजदुत, एनआरएनए, ईएनसीसीटी, र पर्यटनसँग सम्बन्धित अन्य संस्थाहरू मिलेर साझेदारी दृष्टिकोण सहीत एउटा समिति गठन गर्ने।
• पर्यटन प्रवर्द्धन सम्बन्धी मुद्दाहरूको सूचीकरण र प्राथमिकतामा सहमति निर्माण गर्ने; समय समयमा पर्यटन उद्योग र यसका सरोकारवालाहरूले सामना गर्ने प्रमुख समस्याहरूलाई प्राथमिकताका आधारमा सम्बोधन गर्ने र सहमत भएका प्राथमिकताहरूलाई कार्यान्वयन गर्ने।
• सहमति भएका कार्यहरूको प्रगति मूल्याङ्कन गर्न, नयाँ उदीयमान विचारहरू, सरोकारहरू र मुद्दाहरू छलफल गर्न, र तिनीहरूलाई पुन: प्राथमिकता दिन नियमित रूपमा समितिको भर्चुअल बैठकहरू आयोजना गर्ने।
• साझा लाभको लागि द्विपक्षीय परामर्श गरी G2G लिंकेज प्रयोग गरी समग्र दृष्टिकोणमा पर्यटन कूटनीतिको सम्भावनालाई बढावा दिने ।
• कोभिड-१९ र भर्खरै पोखरा हवाई दुर्घटनाका घटनाहरू पछिको नेपालको छवि पुन: निर्माण गर्न हाम्रै पहँचमा भएका बजारहरू जस्तै चीन, भारत र एशियामा बौद्ध जनसंख्यालाई लक्षित गर्दै केन्द्रित पहलहरू गर्ने ।
• अन्य लक्षित बजारहरू चरणबद्ध रूपमा पुग्ने, तथापि, उनीहरूको प्राथमिकता, स्वाद र प्राथमिकताहरूका साथ स्पष्ट मार्केटिङ रणनीतिहरूसहित स्वच्छ र हरित पर्यटन निर्माणमा जोड दिनु कार्यहरू गर्न शुरू गर्ने।
• विलासी पर्यटन प्याकेजको प्रावधानसहित मध्यपूर्व बजारलाई लक्षित गरी उच्चस्तरीय पर्यटकहरूका लागि नयाँ मार्गचित्र बनाउने। निरन्तर सम्बाद र लगानीमैत्रि पर्यटन मार्केटिङ रणनीति समेत व्यवस्थित गर्ने ।
• स्थानीय तथ्य र ज्ञानको साथ टेलर-मेड र क्षेत्रीय रणनीतिक संचार दृष्टिकोण प्रयोग गरेर गन्तव्यको कथाहरू संश्लेषण र प्रसारित गर्ने, र यसलाई लक्षित बजारहरूमा स्पष्ट र रचनात्मक रूपमा सञ्चार गर्ने ।

यस कार्यक्रमले नेपालको पर्यटन उद्योगका सबै सरोकारवालाहरूलाई एकै ठाउँमा आउन, आफ्नो विशेषज्ञता र ज्ञान बाँड्न र देशको हितमा उद्योगलाई अगाडि बढाउने साझा लक्ष्यमा काम गर्ने मञ्च प्रदान गर्ने विश्वास लिएका छौं। भविष्यमा पनि यहाँहरुको सहभागिताको अपेक्षा गर्दछौं।