गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चेक गणतन्त्रको अधिबेशनले अर्जुन सापकोटा अध्यक्षमा निर्बाचित भएका छन् । संघको आईतबार सम्पन्न अधिबेशनबाट सापकोटा अध्यक्षमा निर्बाचित भएका हुन्। यस्तै अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा अधिबेशनले जितेन्द्र रायमाझीलाई प्रस्तावित गरेको छ।
संघको नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा कर्ण रायमाझी, बैकुण्ठ रायमाझी र राम कटुवाल, महासचिवमा लक्ष्मण गैरे सचिवमा रिजन गुरुङ, चन्द्रा अधिकारी र कोषाध्यक्षमा संजय अधिकारी चयन भएका छन्।
यस्तै संघको युवा संयोजकमा पुरन रायमाझी र महिला संयोजक शुष्मिता रायमाझी रहेको कार्यसमितिमा जीवन केसी, नवराज सापकोटा, ओम बहादुर रायमाझी र सिद्धराज जोशी सदस्यहरु रहेका छन्।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रका उप- संयोजक सोम सापकोटाको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो। चेकबासी नेपालीहरु एनआरएनको अभियान अन्तर्गत देश पुन: निर्माणमा लाग्न तयार रहेको सापकोटाले अनलाईनखबरलाई जानकारी दिए ।