गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्य परिषद युरोप क्षेत्रीय संयोजक पदमा डेनमार्कबाट सोम सापकोटले उम्मेद्धवारी घोषणा गरेका छन्। हाल युरोप उप-संयोजकमा रही सफलता पुर्बक जिम्मेवारी निर्वाह गरिरहेका सापकोटाले संयोजकका लागि उम्मेद्वारी घोषणा गरेका हुन्।सापकोटाले बिगत २ वर्षमा युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुमा आफ्नो समय र क्षमताको प्रयोग गर्दै एनआरएन वृत्तमा चर्चा कमाएका छन्।
प्रवासमा रहेका नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघको अभियानको शुरुवात देखिनै लाग्दै आएका सापकोटाले अनलाईनखबरमार्फत आफ्नो उम्मेद्वारी घोषणा गर्दै भने,”व्यक्तिगत रुपमा आफ्नो उम्मेदारीको प्रचारप्रसार भन्दा, युरोप क्षेत्र अन्तर्गतका २७ राष्ट्रिय समन्वय परिषदको राष्ट्रिय महधिबेसन सम्पन्न गराउन र अन्तराष्ट्रिय महाधिबेशन सम्पन्न गर्ने जिम्मेवारीलाई प्रथामिकतामा राखेर मैले ढिला गरी ईच्छा जाहेर गरेको हुँ ।
उनले धेरै गैरआवासीयहरुको अनुरोध र सुझावमा आफुले उम्मेद्वारी दिने सोच गरेको बताउँदै, सबैले सकरात्मक रुपमा लिने विश्वास ब्यक्त गरेका छन्।
उनले गैरआवासीय संघले अबलम्बन गरेको नीति, नियम र योजनाहरुलाई निरन्तरता दिंदै बिगतका अनुभबको आधारमा संघको अभियानलाई उचाईमा पुर्याउन भरपुर प्रयास गर्ने प्रतिबद्धता गरेका छन्।
सापकोटाले युरोप क्षेत्रका २७ राष्ट्रिय समन्वय परिषद, केन्द्र तथा नेपाल सरकार, सरोकारवाला यूरोपका नेपाली राजदुताबास, युरोपबाट नेपाललाई सहयोग गर्ने गैर सरकारी संस्था तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गर्नु पर्नेमा जोड दिएका छन्।
आफू संयोजकमा रही काम गर्दा, यहाँका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधान, युरोपमा बैदेशिक रोजगारका लागि सरकारसँग समन्वय,सामुहिक लगानीको वातावरण, नेपालको पर्यटन, कला संस्कृतीको बिकास र प्रबद्धन लगायत भूकम्प पछि देश पुन:र्निर्माणको लागि निरन्तर समन्वयात्मक प्रयास गर्ने बताएका छन्।
उनले संघका कार्ययोजना तथा परियोजनाहरुलाई सफल पार्नका लागि युरोप क्षेत्र र केन्द्रबीच आवाश्यक समन्वयात्मक भूमिका निर्वाह गर्ने र जल्दाबल्दा मुद्धाहरुलाई केन्द्र र सम्बन्धित निकायसम्म पहुँच गराएर समाधानका लागि पहल गर्ने काममा विशेष भूमिका खेल्ने वाचा र प्रतिवद्धता ब्यक्त गरेका छन्।
सापकोटा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्य परिषद पोर्चुगलको सदस्य हुँदै, गैरआवासीय नेपाली संघको अभियानमा संलग्न बनेका थिए। पछि डेनमार्कमा बसाई सरेसँगै, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् डेनमार्कको संस्थापक अध्यक्ष हुदै काम शुरु गरे। संघको अभियानमा निरन्तरता दिदै, सापकोटा अन्तराष्ट्रिय समन्य परिषद सदस्य हुँदै, हाल युरोप क्षेत्रको उपसंयोजकको जिम्मेबारी सफलतापुर्बक निर्वाह गरिरहेका छन्।
आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौ हुने संघको सातौ अधिबेशन नजिकिदै गैरआवासीयहरुले उम्मेद्वारी घोषणाको क्रमलाई तिब्रता दिएका छन्।