नेपाल सरकारले हालै पर्यटन प्रवर्द्धक नियुक्त गरेको छ। गत फागुन १३ गते संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको मन्त्री स्तरको निर्णयबाट विभिन्न देश, राज्य र शहरका लागि २९ जना पर्यटन प्रवर्द्धक नियुक्ती गरेको हो। संयुक्त अधिराज्यको वेल्सका लागि सोम सापकोटा पर्यटन प्रवर्द्धक बनेका छन्। सापकोटा गैरआवासीय नेपाली संघका अन्तराष्ट्रिय समन्वय परिषदका उपमहासचिव समेत हुन्। उनी गैरआवसीय नेपाली संघ पर्यटन प्रवर्द्धन संयोजकको जिम्मेवारीमा समेत छन्।
सापकोटाले सन २००७ देखि एनआरएनएको पर्यटन समितिमा आवद्ध हुन थालेका हुन्। उनी यस अघि पनि वेल्सको लागि नेपालको पर्यटन दुत थिए। त्यसै गरि डेनमार्क र माल्टाको लागि नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधिको अनुभव पनि उनीसँग छ। नेपालको पर्यटकीय विकास र प्रवर्द्धन, गैर आवसीय नेपालीसंघ र पर्यटन प्रवद्र्धकको भूमिकाका बारे हामीले सोम सापकोटासँग कुराकानी गरेका छौं। …
view more